arrow

एमाले संसदीय दलको बैठक : सदनमा थप मोर्चाबन्दी गर्ने निर्णय

१७ गतेको शक्ति प्रदर्शन ‘असरदार’ बनाउन उर्दी

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
UML-&-mao.jpg.jpeg.jpeg

काठमाडौं । एमालेले सदनको विरोधलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । सोमबार दिउँसो संसद भवन नयाँबानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले सदनको विरोध सशक्त बनाउन माेर्चाबन्दीलाई थप जोड दिने र आउँदो १७ गतेको जनप्रदर्शनलाई भव्य र असरदार बनाउने निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले हाम्राकुरासँग भने, ‘बैठक धेरै लामो समय बसेन । यी महत्वपूर्ण दुई निर्णय भयो । बैठक सकियो ।’ ढकालका अनुसार १७ गतेको जनप्रर्शन भव्य, सव्य र असरदार बनाउन निर्देशन भएको छ ।

यस्तै, संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म सदनको अवरोध जारी राख्ने र विधेयक कार्यसूचीमा चढाएकाले कडा प्रतिवाद गर्ने निष्कर्ष निकालेको ढकालले बताए । बैठकमा एमाले संसदीय दलका नेता केपी ओली र उपनेता सुवास नेम्बाङलगायत नेता सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ