arrow

नेसन्स लिगमा पोल्याण्डमाथि पोर्चुगल हावी, रोनाल्डोको गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
ronaldo-portugal-24-10-13.jpg

काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ । 

गएराति सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए । 

त्यस्तै पोल्याण्डका लागि एक गोल पिओट जिएलिन्सकीले गरेका थिए । 

यो जितपछि पोर्चुगलले नेसन्स लिग ए को समूह एक मा ३ खेलमा तीनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समूहमा शीर्ष स्थानमा छ । त्यस्तै पोल्याण्डले भने ३ खेलमा ३ अंक बनाएको छ र समूहमा तेस्रो स्थानमा छ ।  

अब पोर्चुगलले अर्को खेल स्कटल्याण्डविरुद्ध अक्टोबर १६ मा खेल्ने तालिका छ भने पोल्याण्डले अक्टोबर १६ मै क्रोएसियाको सामना गर्ने छ । क्रोएसिया ६ अंकसहित दोस्रो तथा स्कटल्याण्ड अंकविहीन छ । 
       

लिग ए समूह चारमा सर्बियाले स्वीटजरल्याण्डलाई २–० ले र स्पेनले डेनमार्कलाई १–० ले हरायो । 

लिग बी समूह २ मा आज राति फिनल्याण्ड र इङ्गल्याण्ड खेल्नेछन् । 

लिग सी समूह २ मा रोमानियाले साइप्रसलाई ३–० ले हरायो । लिग सी समूह ३ मा बेलारुस र नर्दन आयरल्याण्डले गोलरहित बराबरी खेले । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ