arrow

नेसन्स लिगमा डेनमार्कमाथि स्पेनको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
nations-league-spain-24-10-13.jpeg

काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले डेनमार्कलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा स्पेनले डेनमार्कलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा खेलको ७९औँ मिनेटमा मार्टिन जुबिमेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि यूईएफए नेसन्स लिग ए को समूह चारमा स्पेन ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै डेनमार्क ३ खेलमा ६ अंकसहित समूहमा दोस्रो स्थानमा रहेको छ ।

स्पेनले अब अर्को खेल अक्टोबर १६ मा सर्बियाको सामना गर्ने छ भने डेनमार्कले अर्को खेल सोही दिन स्वीट्जरल्याण्डविरुद्ध खेल्ने तालिका छ । गएरातिको खेलमा सर्बियाले स्वीट्जरल्याण्डलाई २–० ले हराएको थियो । 

त्यस्तै पोर्चुगलले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलले नेसन्स लिग ए को समूह एक मा ३ खेलमा तीनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समूहमा शीर्ष स्थानमा छ । त्यस्तै पोल्याण्डले भने ३ खेलमा ३ अंक बनाएको छ र समूहमा तेस्रो स्थानमा छ ।  

लिग बी समूह २ मा आज राति फिनल्याण्ड र इङ्गल्याण्ड खेल्नेछन् । 

लिग सी समूह २ मा रोमानियाले साइप्रसलाई ३–० ले हरायो । लिग सी समूह ३ मा बेलारुस र नर्दन आयरल्याण्डले गोलरहित बराबरी खेले । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ