arrow

डेंगी संक्रमणबाट बंगलादेशमा दुई सय १० जनाको मृत्यु, संक्रमण उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
dengue--ji-ha.jpeg

ढाका । बंगलादेशमा डेंगी संक्रमणबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ ।  जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि  हालसम्म डेंगी संक्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ  ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ ।

 डीजीएचएसका अनुसार गत २४ घण्टामा डेंगीका ९१५ वटा नयाँ सङ्कक्रमण पुष्टि भएको  छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ ।

यस वर्ष अहिलेसम्म ४१ हजार ८१०  डेंगीका घटना दर्ता गरेको डीजीएचएसले जनाएको छ भने  थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् । 

बङ्लादेशमा सन् २०२३ मा डेंगी सक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।

डेंगी ज्वरो संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेंगी लागेका बिरामीहरुमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ