arrow

चिनिया कम्युनिष्ट नेतालाई के भने सभापति देउवाले ?

भेट्न पुगे देउवा निवास

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चिनिया कम्युनिष्ट पार्टीका उपनेता लिउ छिपाओले भेटेका छन् । छिपाओ  नेतृत्वको टोलिले सोमबार साझ वुढानिलकण्ठ स्थित देउवा  निवासमा शिष्टाचार भेटघाट गरेको हो ।
 
सो भेटका अवसरमा सभापति र  चिनिया प्रतिनिधिमण्डल बीच दुई देशका आपसी हित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको थियो । नेपालको वर्तमान राजनीतिक घटनाक्रम र संविधान कार्यान्वयन सम्बन्धमा चिनिया प्रतिनिधिमण्डले राखेको चासोको विषयमा पार्टी सभापति शेरबहादुर देउवाले जानकारी गराउदै नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको बताए । 
 
साथै, उपनेता लिउ छिपाओले नेपाललाई सधैं सहयोग गरिरहने विश्वास दिलाउँदै छिटै कोदारी राजमार्ग समेत खोल्ने जानकारी गराए । उनले सभापति शेरबहादुर देउवालाई चीन भ्रमणका लागि निमन्त्रणा दिए ।  सभापति देउवाले उपयुक्त समय मिलाएर चीन भ्रमण गर्ने बताए । 
 
उक्त भेटका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतको समेत उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ