arrow

शय्या अभावमा अस्पतालको भुइँमा राखेर डेंगीका बिरामीको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
Damauli Hospital.jpg
फाइल तस्बिर

तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगीका बिरामी बढेका छन् ।

अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ ।

पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।

“बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन, विशेष गरेर डेंगीका बिरामीको चाप अनपेक्षितरूपमा बढेको छ”, उनले भने ।

अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटकपटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए ।

शय्याको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।

व्यास-१,२, ३, ४ र ५ मा डेंगीका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।

अस्पताल आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ जनामा डेंगीको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिए ।

दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ