arrow

फिलिपिन्समा २७ को मृत्यु, शुक्रबार नयाँ आँधीको चेतावनी

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
typhoonhaiyan-damage.jpg.jpeg
मनिला। उत्तरी फिलिपिन्समा गएको आइबारदेखि सुरु भएको भीषण आँधी र बाढीको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २७ पुगेको शुक्रबार फिलिपिनो अधिकारीहरुले जनाएका छन् । दक्षिणी फिलिपिन्समा भारी वर्षापछि शुक्रबार शक्तिशाली ‘अनयोक’ नामको अर्का आँधी आउने चेतावनीसमेत दिइएको थियो । तर शुक्रबार भने यसअघिकै मेलोरबाट ती व्यक्ति मारिका हुन् । 
 
यसअघि फिलिपिन्समा आएको ‘मेलोर’ नामक आँधीबाट २० जनाको मृत्यु भइसकेको जानकारी अधिकारीहरुले बिहीबार नै दिएका थिए । अर्को ‘अनयोक’ नामक नयाँ आँधीको चेतावनीपछि बिहीबार रातिदेखि नै सो क्षेत्रबाट स्थानीयलाई अन्यत्रै सारिएको बताइएको छ । सन् २०११ को डिसेम्बरमा मिन्दानाओ प्रान्तमा आएको ‘वसी’ नामक आँधीबाट १ हजार २०० सय व्यक्तिको मृत्यु भएको थियो । सोही प्रान्तमा एक वर्षपछि आएको ‘बोफा’ नामक आँधीबाट कम्तीमा १ हजार ९०० व्यक्ति वेपत्ता भएका थिए । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ