arrow

हत्याको शङ्कामा दुई सिकारी पक्राउ

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
gun-local.png

झापा। दक्षिणी झापाको जलथल–३ बाट दुई सिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलथल–३ का १९ वर्षीय कालू लिम्बू र १६ वर्षीय तिखुरे लिम्बू रहेको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरुबाट एक थान भरुवा बन्दुक पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । गत मंसिर २८ गते जलथलको रणकाली सामुदायिक वनमा दाउरा खोज्न गएकी ३१ वर्षीय अनिता मेचेको गोली लागि मृत्यु भएको थियो ।

चारकोशे जङ्गल भनेर चिनिने उक्त सामुदायिक वनमा सिकार खेल्न गएका कालू र तिखुरेले चलाएको गोली लागेर महिलाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

दाहिने हातमा गोली लागेर अत्यधिक रक्तस्रावका कारण महिलाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको थियो । पक्राउ परेका दुबै जनाले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको र मङ्गलबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने बताएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ