arrow

बौद्धिक अपाङ्गता भएकी युवतीमाथि करणीको आरोपमा टुकबहादुर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
rape.jpg

पोखरा । स्याङ्जामा बौद्धिक अपाङ्गता भएकी एक युवतीलाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरिनास गाउँपालिका वडा नं ४ का ४५ वर्षीय टुकबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब निरीक्षक (डीएसपी) हरिप्रसाद पौडेलका अनुसार थापाले ती युवतीलाई जंगलमा लगेर ललाई फकाई, धाकधम्की दिई, डर त्रासमा पारी करणी गरेका थिए ।

थापालाई सोही दिन पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ