arrow

हात्तीको आक्रमणमा परी बारामा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
Chitwan_Land_Elephant.jpeg
फाइल तस्बिर

बारा । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका-२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको सोमबार हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो ।

अबेरसम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए ।

खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि कोल्हवी नगरपालिका-२ मै एउटा हात्ती मृत फेला परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ