arrow

सोह्र वर्षे किशोरीमाथि जबरजस्ती करणी अभियोगमा सन्तराम पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
crime-final-everytime-use.jpg

बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती किशोरीलाई सोही नगरपालिका १० गुमस्तास्थित धधवारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ