arrow

जयशंकर पाकिस्तानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
sjayshankar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय विदेश मन्त्री डा एस जयशंकर पाकिस्तान पुगेका छन् । शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर अपरान्ह पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् । दुई देशबीचको सम्बन्धमा विगत केही वर्षदेखि देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण भएको हो । 

दुवै पक्षले शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्षी इशाक दारबीच कुनै द्विपक्षीय वार्तालाई अस्वीकार गरेका छन् ।

करिब नौ वर्षपछि भारतीय विदेशमन्त्रीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो । कश्मीर मुद्दा र सीमापार आतंकवादलाई लिएर दुई देशबीचको सम्बन्ध अझै चिसो छ ।

२००१ को जुन १५ मा स्थापना भएको शाङ्घाई सहयोग संगठनमा १० देश स्थायी सदस्य रहेका छन् । जसमा चीन, भारत पाकिस्तान, बेलारुस, रुस, इरान, काजकिस्तान, कीर्गिस्तान, ताजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ