arrow

स्पेन विजयी हुँदा पोर्चुगल रोकियो बराबरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
ronaldo-football-24-10-16.jpg

काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा पोर्चुगल स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्यस्तौ समूह १ मै रहेका पोल्याण्ड र क्रोएसिया पनि ३–३ गोलको बराबरीमा रोकिएका छन् । यस खेलमा पोल्याण्डका लागि पिओट जिएलिन्सकी, निकोला जालेवस्की र सेब्स्टन सिमारिस्कीले एक एक गोल गरेका थिए । 

त्यस्तै क्रोएसियाका लागि बोर्ना सोसा, पेटार सुसिक र मार्टिन बाटुरिनाले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ७६औं मिनेटमा डोमिनिक लिभाकोभिकले रातो कार्ड पाएका थिए ।

यो खेलपछि समूह १ मा पोर्चुगलको ४ खेलमा १० अंक भएको छ र शीर्ष स्थानमा छ भने क्रोएसिया ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै पोल्याण्ड ४ खेलमा ४ अंकसहित तेस्रो र स्कटल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।

लिग १ समूह ४ मा स्पेन विजयी भएको छ । स्पेनले सर्बियालाई ३–० ले हरायो । एमेरिक लापोर्ते, अल्भारो मारोटा र एलेक्स बाएनाले एक एक गोल गरे । खेलको ७६ औँ मिनेटमा सर्बियाका स्ट्राहिन्जा पाभ्लोभिक रातो कार्ड खाएर बाहिरिएका थिए । 

त्यस्तै लिग सी समूह २ मा कोसोभोले साइप्रसलाई ३–० ले हराउँदा रोमानियाले लिथुआनियालाई २–१ ले हरायो । 

लिग सी समूह ३ मा नर्दन आयरल्याण्डले बुल्गेरियालाई ५–० ले हराउँदा बेलारुस र लग्जेम्बर्गले १–१ गोलको बराबरी खेले ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ