arrow

चीन र पाकिस्तानको नाम नलिइ जयशंकरले भने –आतंकवादसँग मिलेर व्यापार गरिँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
sjayshankar-24-10-16.jpg

काठमाडौँ । भारतीय विदेश मन्त्री डा एस जयशंकरले आतंकवादसँग मिलेर कहिल्यै व्यापार नगर्ने बताएका छन् । 

पाकिस्तानको इस्लामाबादमा जारी शांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को बैठकमा सम्बोधन गर्दै विदेशमन्त्री जयशंकरले आतंकवाद र व्यापार एक साथ हुन नसक्ने बताए । 

जयशंकरले पाकिस्तान र चीनको नाम नलिइकनै सबै देशले एक अर्काको क्षत्रीय अखण्डता र सम्प्रभुताको मान्यता दिनुपर्ने जरुरी रहेको बताए । 

उनले कोरोना महामारीसँगै इजरायल–हमास–हिजबुल्लाह तथा रुस–युक्रेन संघर्षको प्रसङ्ग उठाउँदै यो बैठक निकै मुस्किल समयमा भइरहेको पनि बताए । 

उनले अहिले जलवायु परिवर्तनसँगै आपूर्तिमा देखिएका कयौँ समस्याले यसलाई प्रभावित पारेको पनि उल्लेख गरे । 

जयशंकरले एससीओका तीन चुनौतीहरु आतंकवाद, उग्रवाद र अलगाववाद रहेको बताउँदै यसलाई निमिट्यान्न नपारेसम्म यो संगठनले आफ्नो लक्ष्य पूरा गर्न नसक्ने बताए । 

एससीओको बैठक बिहान ११ बजेदेखि चलिरहेको छ । बैठकमा व्यापार र आर्थिक एजेन्डामाथि चर्चा भइरहेको छ । जयशंकर आजै अपरान्ह पाकिस्तानबाट भारत फर्कने छन् । 

यसअघि मंगलबार पाकिस्तान गएका जयशंकर प्रधानमन्त्री शहबाज शरीफको डिनरमा सहभागी भएका थिए । सोही क्रममा जयशंकर र शरीफबीच छलफल भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ