arrow

साफ महिला च्याम्पियनशिपको उद्घाटनमा साढे ५ बजे दशरथ रंगशालामा भारत र पाकिस्तान भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
saff-championship-logo.jpg

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनशिपको सातौँ संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै छन् । 

यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिँदै छन् । 

नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ । नेपालले यसअघिका सबै छ साफ च्याम्पियनशिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन । 

नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले  प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने बंगलादेश गत संस्करणको विजेता हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ