arrow

वायुसेवा निगमले तिर्‍यो छ अर्ब ३२ करोड ऋण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
nepal-airlines.png
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ ऋण भुक्तानी गरेको जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र  दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ ऋण भुक्तानी गरेको जानकारी दिएको हो ।

निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र ५३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको जनाएको छ ।

निगमले कोरोनाका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरी दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको र यस विषयमा छलफल भइरहेको जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ