गोदरेज रेफ्रिजरेटरले नेपाली परिवारको मन र घरको शान्तिको भरोसा बन्दै
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
96
Shares
काठमाडौँ। नेपाली घरपरिवारमा रेफ्रिजरेटर आज केवल खाना चिसो राख्ने उपकरण मात्र रहेन। यो परिवारको स्वास्थ्य, दैनिक सुविधा, समय व्यवस्थापन र घरको समग्र शान्तिसँग जोडिएको महत्त्वपूर्ण हिस्सा बनेको छ। यही भावनालाई केन्द्रमा राख्दै सिजी इलेकट्रोनिक्स (गोदरेज एप्लायन्सेसको नेपालका लागि आधिकारिक वितरक) ले गोदरेज रेफ्रिजरेटरमार्फत ‘घरको शान्ति, मनको शान्ति’ सन्देशलाई नेपाली उपभोक्तामाझ प्रभावकारी रूपमा अघि बढाइरहेको छ।
आजको व्यस्त जीवनशैलीमा घरमा ताजा खाना उपलब्ध हुनु, खाद्य सामग्री लामो समयसम्म सुरक्षित रहनु र दैनिक भान्साको व्यवस्थापन सहज हुनु आफैँमा ठूलो राहत हो। गोदरेज रेफ्रिजरेटरले आधुनिक प्रविधि, ऊर्जा दक्षता, स्मार्ट स्टोरेज समाधान र भरपर्दो प्रदर्शनमार्फत यही राहतलाई व्यवहारमा उतार्दै आएको छ।
कम्पनीका अनुसार गोदरेजका नवीनतम रेफ्रिजरेटरहरूमा एआई पावर्ड टेक्नोलोजी, फुड लोड ट्र्याकिङ, युसेज मोनिटरिङ, स्मार्ट डिफ्रोस्ट, नानो शिल्ड टेक्नोलोजी, ३० दिनसम्म ताजगी कायम राख्ने क्षमता, ४-इन-१ कनभर्टिबल मोड्स, स्मार्ट कनभर्टिबल जोन तथा एडभान्स्ड क्यापिलरी टेक्नोलोजी जस्ता सुविधाहरू उपलब्ध छन्। यी विशेषताहरूले खाद्य सामग्रीलाई ताजा, सुरक्षित र व्यवस्थित राख्न सहयोग पुर्याउँदै उपभोक्ताको दैनिक जीवनलाई अझ सहज बनाउँछन्।
व्यस्त कामकाजी परिवारले हप्ताको एक पटक तरकारी, फलफूल र दुग्धजन्य सामग्री खरिद गर्दा तिनलाई लामो समयसम्म ताजा राख्नु ठूलो चुनौती हुन्छ। गोदरेज रेफ्रिजरेटरको ताजगी कायम राख्ने क्षमता, फुड लोड ट्र्याकिङ र युसेज मोनिटरिङ जस्ता स्मार्ट सुविधाले खाद्य सामग्रीको अवस्था र प्रयोगलाई अझ व्यवस्थित बनाउन सहयोग गर्छ। यसले दैनिक बजार जानुपर्ने तनाव घटाउँछ, खाना खेर जाने सम्भावना कम गर्छ र घरको भान्सालाई थप सहज बनाउँछ।
त्यस्तै, बालबालिकाको टिफिन, पाहुना आउँदा तयार पारिने परिकार वा चाडपर्वका लागि राखिने खाद्य सामग्री सुरक्षित राख्नु हरेक घरको प्राथमिकता हो। गोदरेजको नानो शिल्ड टेक्नोलोजी, स्मार्ट डिफ्रोस्ट, कनभर्टिबल मोड्स र स्मार्ट कनभर्टिबल जोन जस्ता सुविधाले फरक–फरक प्रकारका खाद्य सामग्रीलाई आवश्यकता अनुसार सुरक्षित र व्यवस्थित रूपमा राख्न मद्दत गर्छ। यसले घरमा अचानक पर्ने काम, पाहुना वा दैनिक भान्साको तयारीमा आत्मविश्वास बढाउँछ। यही आत्मविश्वास नै घरको शान्ति र मनको शान्तिको आधार हो।
गोदरेजका सिङ्गल डोर, डबल डोर तथा साइड-बाइ-साइड रेफ्रिजरेटरहरू नेपालभरिका सिजी इलेकट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सिजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आकार, भान्साको आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्। गोदरेजका भीसी कूलर, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनरलगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ।