arrow

दुर्गा तिवारीको हत्याको विरोधमा प्रदर्शन, आमा र श्रीमती अझै बेहोस

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
tiwari.jpeg
बुटवल । युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा एमाले निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् । विरोध कार्यक्रमअन्तर्गत मंगलबारदेखि लुम्बिनी अञ्चलका जिल्ला बन्दको आह्वान गरिएको छ ।
 
तिवारीको हत्याको विरोधमा एमाले निकट युवा, विद्यार्थीले सोमबारदेखि नै सडकमा प्रदर्शन गरेर यातायात अवरुद्ध पार्नुका साथै मंगलबारदेखि बन्द आह्वान गरिएको युवा सङ्घ केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले जानकारी दिए । 
 
उनले प्रहरी प्रशासनको लापर्बाहीका कारण अपराधीले दिउँसै गोली प्रहार गरेको र अपराधीलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा नल्याउँदासम्म आन्दोलन जारी रहने बताए । आफूहरुको आन्दोलन रुपन्देही जिल्लामा मात्र नभएर सिङ्गो लुम्बिनी अञ्चलका जिल्लामा भएको बताए ।
 
बन्दका कारण बिहानैदेखि यस क्षेत्रमा लामो तथा छोटो दूरीका कुनै पनि सवारी चलेका छैनन् भने उद्योग, व्यापार, शिक्षण संस्थालगायत बिहानैदेखि बन्द रहेका छन् । 
 
जिल्लाको देवदह नगरपालिका–६ खैरेनी निवासी ३६ वर्षीय तिवारीको सोमबार अपराह्न मोटरसाइकलमा देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा देवदह–८ ढेकावरमा रातो रङको पल्सर मोटरसाइकलमा आएको समूहले छातीमा गोली प्रहार गरेको थियो । 
 
आक्रमणमा घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । 
 
यता प्रहरीले भने घटनामा संलग्नलाई पक्राउ गर्न यस क्षेत्रको सुरक्षा अवस्थामा कडाइ गरेको छ । प्रहरीले आक्रमणकारी भाग्न सक्ने मुख्य नाकामा कडा चेकजाँच गरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आक्रमणकारी मनोज पुनको खोजीका लागि उनको फोटोसमेत सार्वजनिक गरेको छ । 
 
प्रहरीले निज पुन यसभन्दा अगाडि सङ्गठित अपराध, हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको र सोमबार देवदहमा तिवारीलाई गोली प्रहार गर्ने घटनामा प्रत्यक्ष समेत संलग्न रहेको बुझिएको भन्दै उनलाई पक्राउ गर्न फोटो सार्वजनिक गरेको जनाएको छ । 
 
तिवारीलाई आक्रमण गरी मृत्यु भएपछि निज पुनले सोमबार नै विभिन्न व्यक्तिलाई फोनमार्फत आफूले गोली हानेको भन्दै धम्क्याउने गरेका थिए । 
 
घटनापछि तिवारीको परिवार शोकमा डुबेको छ । उनकी पत्नी र वृद्ध आम बेहोस भएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ