arrow

साफ महिला च्याम्पियनशिपमा भारतको गतिलो शुरुआत, पाकिस्तान ५–२ ले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १ बिहिबार
7th-saff-women-ind-pak-24-1.jpg

काठमाडौँ । भारतले काठमाडौँमा जारी सातौँ साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ। त्रिपुरेश्ववरस्थित दशरथ रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ ले पराजित गरेको हो । 

खेलको पााच मिनेटमै गोलको खाता खोलेको भारतका लागि ग्रेइस डान्गमेईले, १७ औँ मिनेटमा मनिषा कल्याण, ३५ औँ मिनेटमा बालादेवी (बालादेवीको यो ५० औँ अन्तर्राष्ट्रिय गोल), ४३औँ मिनेटमा ग्रेइसको दोस्रो गोल तथा ७८ औँ मिनेटमा ज्योती चाौहानले गोल गरेकी थिइन् । 

पाकिस्तानका लागि पहिलो हाफको इन्जुरीमा सुहा हिरानीले पेनाल्टीमार्फत र दोस्रो हाफमा कायला सिद्धिकीले गोल गरेका थिए । 

समूह ए मा रहेको भारतले अब अर्को खेल अक्टोबर २३ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ भने पाकिस्तानले अर्को खेल अक्टोबर २० मा बंगलादेशसँग खेल्ने छ ।

अर्को समूहको खेलमा शुक्रबार नेपालले भुटानसँग खेल्नेछ । 

साफ महिला च्याम्पियनको यो सातौँ संस्करण हो । भारतले पाँच तथा बंगलादेशले एक उपाधि जितेको छ भने नेपाल पाँच पटक फाइनलमा पुगेर उपविजेतामा सीमित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ