arrow

साफ महिला च्याम्पियनशिपमा नेपाले भुटानसँग खेल्दै, आजै श्रीलंका र माल्दिभ्स खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
saff-women-championship-2024-captains.jpg

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनशिपमा आज दुई खेल हुँदै छन् । पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच हुँदैछ । 

दशरथ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार दिउँसो साढे ३ बजेदेखि शुरु हुनेछ । त्यस्तै दोस्रो खेल नेपाल र  भुटानबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि शुरु हुने छ । 

प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ । 

यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् । 

नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनशिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले  प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।

नेपालले तेस्रो पटक प्रतियोगिताको आयोजना गरिहँदा विगतमा जस्तै उपाधि जित्ने सुनौलो अवसर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ