arrow

सासूसंगको झगडा, रीसले बुहारीले आफ्नै शरीरमा आगो लगाइन्

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
fire.jpeg
लहान । सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याई आगो लगाएकी छन् । सासूसँग विवाद भएको निहुँमा लहान –४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पु-याएका थिए । 
 
गम्भीर घाइते भएकी कर्णलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ । 
 
आगो निभाउने क्रममा सरोजको हातमा समेत पोलेकालेसोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ