arrow

महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा, सत्ता गठबन्धनमा तरंग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
opposite-parties-mahantha-8.jpg

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् । ठाकुरको पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्री रहेका छन् । 

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा ठाकुरको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारमा सहभागी भएर पनि ठाकुर प्रचण्डले बोलाएको बैठकमा सहभागी जनाएर सरकारप्रतिको असन्तुष्टि पोखेको रुपमा बुझिएको छ ।

यस घटनालाई सत्ता गठबन्धनबीच तरंग पैदा भएको छ । यसले सत्ता गठबन्धन तलमाथि नहुने भए पनि गठबन्धनमा सबै कुरा ठीक नभएको रुपमा बुझिएको छ । 

प्रचण्डले समसामयिक राजनीतिक विषयमा र बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाएको बताइएको छ ।

सत्ता इतरका सबै तथा सत्ता पक्षका लोसपा सहभागी रहेका हुन् ।
 



नयाँ