arrow

साफ च्याम्पियनशिपमा श्रीलंकाको विजयी शुरुआत, नेपाल र भुटान खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
srilanka-football-women-24-10-18.jpg

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि श्रीलंकाले समूह बी मा ३ अंक हासिल गरेको छ । अब समूह बी अन्तर्गतकै अर्को खेल आज नेपाल र भुटानबीच साँझ साढे ५ बजे हुँदैछ ।

नेपालले तेस्रो पटक प्रतियोगिता आयोजना गरिरहेकामा ५ पटक फाइनलमा पुगेर उपाधिविहीन भएको छ । अहिलेसम्म भारतले ५ पटक तथा बंगलादेशले एक पटक उपाधि जितेको छ । 

बिहीबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ