arrow

रवि लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
rabi-lam.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले कास्की जिल्ला अदालतबाट अनुमति लिएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई हिरासतमा राख्न प्रहरीले अनुमति लिएको हो । योसँगै लामिछानेलाई पक्राउ गरेर कास्की ल्याउने प्रहरीको तयारी छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा २०८० असोज १६ गते गितेन्द्रबाबु (जीबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो । यस्तै २०८० २२ माघ गते लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा फेरि पुरक जाहेरी परेको थियो ।

केही अघि सांसद् सूर्य थापाको नेतृत्वमा सहकारी समस्याबारे गठित संसदीय विशेष समितिल सहकारीको रकम अपचलनमा लामिछानेलाई समेत दोषी ठहर गर्दै प्रतिवेदन बुझायो ।

समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यस मुद्दामा अनुसन्धान अघि बढाएको थियो । त्यसक्रममा प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ गरी कास्की ल्याएको थियो ।

गोर्खा मिडिया नेटवर्कका मुख्य सञ्चालक एवं सहकारी ठगी प्रकरणका मुख्य आरोपी राई हालसम्म फरार छन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ