arrow

सहकारी प्रकरणमा पूर्वडीआईजी जोशी थप २० दिन हिरासतमै रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
chabilal-joshi-sahakari.jpg

पोखरा । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका पूर्व डीआइजी छविलाल जोशी थप २० दिन प्रहरी हिरासतमा नै रहने भएका छन् । कास्की जिल्ला अदालतले जोशीलाई थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । 

शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी उनलाई २० दिन म्याद थप गरिदिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । 

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकसमेत रहेका जोशीलाई गत असोज ६ मा प्रहरीले पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएर कास्कीमा ल्याएको थियो । प्रहरीले जोशी विदेश भाग्न सक्ने सूचना पाएपछि पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको जनाएको थियो । 

जोशीको परिवारले सर्वोच्च अदालतमा पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दिएको थियो । अदालतले उनलाई गैरकानूनी हिरासतमा राखेको भन्न नमिल्ने ठहर गरेको थियो । 

अदालतले दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको थियो । अदालतको ध्यानाकर्षण भए पनि कास्की प्रहरीले जोशीलाई छाडेन मानेको थिएन । योसँगै अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । 

असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक पाँच र दोस्रो पटक सात दिन म्याद थप गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ