arrow

रविलाई पक्राउ गरी पठाइदिन कास्की प्रहरीको पत्राचार, पार्टी कार्यालयबाटै नियन्त्रणमा लिने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरी पठाइिदन जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोलाई पत्र पठाएको छ । 

प्रहरीका तीन निकाय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै ‘मानिस पक्राउ गरी पठाइदिने सम्बन्धमा’ विषय राखेर जिल्ला प्रहरी कार्यालयले पत्र पठाएको हो । 

लामिछानेलाई पक्राउ गर्नका लागि कास्की जिल्ला अदालतसँग जिल्ला प्रहरी कार्यालयले शुक्रबार नै अनुमति लिएको थियो । अनुमति लगत्तै काठमाडौँमा पत्र लेखिएको हो । 

यो पत्र आएसँगै लामिछानेलाई रास्वपाको पार्टी कार्यालय वनस्थलीबाटै नियन्त्रणमा लिने तयारी भइरहेको बताइएको छ । 

उनी आज भएको विपक्षी दलको बैठक सम्पन्न भएपछि पार्टी कार्यालय पुगेका थिए । रास्वपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । 

रास्वपाका नेताहरुले रवि पक्राउ पर्ने निश्चित जस्तै भएपछि काठमाडौँमा उपलब्ध सबै नेता कार्यकर्तालाई पार्टी कार्यालयमा जान सूचना जारी गरेका थिए । 

लामिछानेसहित काठमाडौँमा उपलब्ध रहेका केन्द्रीय नेताहरु पनि वनस्थली पुगेका छन् । 

सहकारी ठगी प्रकरणमा रविका पूर्व साझेदार एवं पूर्व डीआईजी छविलाल जोशी एक महिनादेखि थुनामा छन् भने रवि अझै बाहिर छन् । 

जोशीलाई सर्वोच्च अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा रहेको निक्षेप समेतका रकम हिनामिना एवं अपचलन गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । 

सहकारी प्रकरणमा असोज ६ मा लामिछानेकै पूर्व साझेदार छबिलाल जोशी पक्राउ परेपछि नै सरकारले लामिछानेलाई पक्राउ गर्ने हल्ला चलिरहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ