arrow

साफ च्याम्पियनशिपमा नेपालको अनपेक्षित प्रदर्शन, भुटानसँग गोलरहित बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
saff-nepal-bhutan-81-7-2.jpg

काठमाडौँ । काठमाडौँमा जारी सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले अनपेक्षित शुरुआत गरेको छ । पहिलो खेलमा शुक्रबार बेलुकी नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको हो । 

पहिलो हाफमा नेपालले र दोस्रो हाफमा भुटानले खेल नियन्त्रणमा लिएको थियो । खेलको अन्त्यतिर नेपाल आक्रामक भएको भए पनि बललाई सही दिशामा पुर्याउन नसक्दा गोलरहित बराबरीमै चित्त बुझाउन पुगेको हो । 

दशरथ रंगशालामा १२ औँ खेलाडी (दर्शक) को उल्लेख्य सहभागीता भए पनि त्यसलाई नेपाली टिमले सदुपयोग गर्न सकेन । यो खेलमा नेपालकी सशक्त खेलाडी सावित्रा भण्डारी भने खेलेकी छैनिन् । 

भुटानले पहिलो पटक नेपालसँग बराबरी खेलेको हो । 

नेपालको यो अनपेक्षित प्रदर्शनपछि नेपालको उपाधिमाथि प्रश्न उठ्न थालेको छ । 

अहिलेसम्म ५ पटक फाइनलमा पुगेको नेपालले एक पटक पनि उपाधि जितेको छैन । पाँच पटक भारतले र एक पटक बंगलादेशले उपाधि जितेको छ । नेपालले तेस्रो पटक प्रतियोगिता आयोजना गरिरहेको छ । 

यो बराबरीपछि समूह बी मा नेपाल र भुटानले एक एक अंक हासिल गरेका छन् । अब नेपालले अर्को खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने छ भने भुटानले सोमबार नै श्रीलंकाको सामना गर्ने छ ।

समूह बी मा श्रीलंकाले आजै भएको खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै ३ अंक बटुलेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ