arrow

साउदी लिगमा अल हिलालको शतप्रतिशत जित कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
saudi-league-al-hilal.jpg

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालको विजयी यात्रा कायम रहेको छ । गएराति सम्पन्न खेलमा अल हिलालले अल फेइहालाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायम राखेको हो ।

अल हिलालको जितमा मार्कोस लिओनार्दो, सलेम अलडावसारी र मोहमद अल क्वाहटानीले एक एक गोल गरेका थिए ।

यो अल हिलालको यस सिजनमा ७ खेलमा सातौँ जित हो । यो जितपछि अल हिललको २१ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ