arrow

यसै महिनाभित्र भूमि समस्या समाधान गर्न आयोग : मन्त्री अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
balram-adhikari-minister-nuwakot.jpg

नुवाकोट । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटले आज विदुरमा आयोजना गरेको अन्तरक्रिया तथा भेट्घाटमा उनले आयोगलाई अधिकारसम्पन्न बनाई कात्तिकभित्रै गठन गर्ने तयारी भइरहेको बताए ।

“विगतका आयोगले काम नगरेको गुनासो धेरै छन्, त्यसमा केही यथार्थ पनि छ, भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार आयोग बनाउन अझै केही कानुनी समस्या छन् तर दलीय र सरकारको सहमतिमा सकेसम्म सबै समस्या समाधान गर्नसक्ने गरेर अधिकार सम्पन्न आयोग गठन हुनेछ”, उनले भने ।

आयोगले गर्ने काममा कानूनी प्रश्न उठ्न नदिन भूमि ऐन, नापी ऐनसहित यससँग सम्बन्धित कानून निर्माण तथा सुधारमा मन्त्रालय लागिरहेको मन्त्री अधिकारीले भने ।

अब बन्ने आयोगले विगतका आयोगले गरेका कार्यको दायित्व ग्रहण भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानमा केन्द्रित हुने उल्लेख गर्दै उनले बिर्ता र गुठी समस्या समाधानका लागि क्रमशः कानुन निर्माण गरेर अगाडि बढ्ने सरकारेको लक्ष्य रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ