arrow

पुनःनिर्माणमा खटिएका मध्ये ११ जिल्लाका प्राविधिकले दिए सामूहिक राजीनामा

पुनःनिर्माणको काम चौपट

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
REconstrason-new-fn.jpeg

काठमाडौं । पुनःनिर्माणमा खटिएका मध्ये ११ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा दिएका छन् । काम गर्ने वातावरण नभएको र आफुहरुलाई दिनुपर्ने सुविधा नदिएको भन्दै आन्दोलित ७० प्रतिशत प्राविधिकले सामूहिक राजीनामा दिएका हुन् । जसमा १३ सय इन्जिनियर  छन् ।

उनीहरुले मंगलबार शहरी विकास मन्त्रालय पुगेर आयोजना प्रमुख शिवहरी शर्मालाई राजीनामा बुझाए । भूकम्पले बढी क्षति गरेका १४ जिल्लामा खटिएका मध्ये ११ जिल्लाका प्राविधिकले राजीनामा दिएको दोलखामा खटिएका इन्जिनियर सन्तोष क्षेत्रीले जानकारी दिए ।

राजीनामा बुझाएपछि उनले भने, ‘उपत्यकाका ३ जिल्ला बाहेक ११ जिल्लाका सबै प्राविधिकले राजीनामा दिएका छन् । इन्जिनियर, सव–इन्जिनियर, असिस्टेन्ट इन्जिनियर गरी तीनै तहका प्राविधिले सामूहिक राजीनामा गरेका हौं ।’ सहरीविकास मन्त्रालयका अनुसार २७ सय प्राविधिक १४ जिल्लामा खटिएका थिए । २ सय २० इन्जिनियर यसअघि नै राजीनमा बुझाएर बाहिरिएका थिए ।

बाँकी रहेका २५ सय ७१ प्राविधि मध्ये ७० प्रतिशतले हस्ताक्षर गरेर शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा सामूहिक राजीनामा बुझाएका हुन् ।

उनीहरुले भत्ता र बीमासहित सेवा सुविधा बढाउनपर्ने, गुनासो सुनुवाई, दोस्रो र तेस्रो किस्ता सिफारिसको कार्यविधि, ठाउँ अनुसार घरका नमुना थप गर्नुपर्ने, लगायत माग गर्दै इन्जिनियरले काम ठप्प पारेका थिए । ढिलो भएको भूकम्पपछिको पुनःनिर्माणको काम प्राविधिकको आन्दोलनले चौपट भएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको आयोजना प्रमुख शर्माका अनुसार राजीनामा दिएका सबै प्राविधिक सरकारले करारमा लिएको र कार्यसम्पादनका आधारमा ७५ प्रतिशत सम्म प्रोत्साहन भत्ता दिने निर्णय भइसकेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ