arrow

कञ्चनजङ्घादेखि अपी हिमालसम्मका तस्वीरको प्रर्दशन गरिने

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
photo-pradarsani.jpeg
काठमाडौं । कोरियाका बरिष्ठ फोटो पत्रकार छो जिङ सोद्धारा खिचिएका तस्वीरहरूको प्रदर्शनी गरिने भएको छ ।मंगलबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर पूर्वको कञ्चनजङ्गा हिमालदेखि पश्चिमको अपि हिमालसम्मका जिङ सोले विभिन्न समयमा लिएका सुन्दर तस्वीरहरु भक्तपुरको पाटन मन्दिर परिसरमा यहि पौष ६ गतेदेखि प्रदर्शन गर्न लागिएको आयोजकले जानकारी गराएको हो ।
 
उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्त्य तथा नेपालका लागि कोरीयाली राजदुतको विशिष्ठ आतिथ्यमा सम्पन्न हुने फोटो प्रदर्शनिमा नेपालको पश्चिमी हिमाली क्षेत्र एव्म पहाडी क्षेत्र र उक्त स्थानमा बसोबास गर्ने विभिन्न समुदायले गर्दै आएका क्रियाकलापलाई तस्वीरमार्फत चित्रण गरिने कार्यक्रम रहेको संयोजक विजय सम्वाहाम्फेले जानकारी दिए । 
 
यस अघि सन् २००८ मा काठमाडौंमा एक पटक र कोरियामा चार पटक प्रर्दशित भईसकेका तस्विरहरुको महत्वपूण अर्थ रहेको भन्दै अध्यक्ष सम्वाहाम्फेले यस्ता प्रर्दशनी बेलाबेलामा गर्नु आवश्यक रहेको बताए ।
यस अवसरमा उपत्यकाका विभिन्न विद्यालयका बिधार्थीसँगै अन्य अवलोकनकर्ताले अवलोकन गर्ने आयोजक लोयल्टी एकेडेमीले जानकारी दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ