arrow

साफ महिला च्याम्पियनशिपमा नेपाल माल्दिभ्समाथि जित्नैपर्ने दबाबसहित मैदानमा उत्रदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
saff-nepal-bhutan-2024t.jpg
तस्बिर – फाइल ।

काठमाडौँ। सातौँ संस्करणको महिला साफ फुटबल च्याम्पियनशिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । नेपाल जित्नैपर्ने दबाबसहित मैदानमा उत्रन लागेको हो । घरेलु दशरथ रगशालाको मैदानमा हुने खेल साँझ ५ः३० बजेदेखि शुरु हुनेछ । 

पहिलो खेलमा अहिलेसम्म जितमात्रै निकालेको भुटान सामु बराबरी खेल्दै अंक बाँड्न परेपछि नेपाल आज अलि सजग भएर खेल्नुपर्नेछ । भुटानसँगको गोलरहित बराबरीले पाँच पटकको उपविजेता नेपाललाई थप दबाब रहेको छ । 

नेपालले भुटानसँग बराबरी गरेर इतिहासकै खराब प्रदर्शन गर्दा माल्दिभ्सले पनि प्रतियोगितामा सुखद शुरुआत भने गर्न सकेन । नेपालमै भएका साफका पछिल्ला दुई संस्करणमा गोलविहीन भएको माल्दिभ्स श्रीलंकाविरुद्ध १–० ले पराजित भएको थियो।

नेपाल, भुटान र श्रीलंका रहेको समूहबाट अगाडि बढ्न अब माल्दिभ्सलाई गोलको खडेरी तोड्दै जित निकाल्नुको विकल्प छैन भने नेपाललाई पनि जित्नैपर्ने दबाब छ ।   

साफमा नेपाल र माल्दिभ्स तीन पटक आमने सामने भएका छन् । नेपालले सबै खेल जितेको छ । आफूभन्दा कमजोर भए पनि भुटानसँगको बराबरीले नेपाल आज सजग भएर नखेल्ने हो भने उपाधिको दाबेदारी पनि सकिने छ । 

यता नेपालमा फर्केकी साफ च्याम्पियनशिपमा १९ गोल गरिसकेकी सावित्रा भण्डारी ‘साम्बा’ लाई आज मैदानमा उतार्ने प्रयासमा प्रशिक्षक रहेका छन् । 

फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा गएराति नेपाल आइपुगेकी छन् । 

समूह बी अन्तर्गतकै खेलमा दिउँसो १ः३० बजे भुटान र श्रीलंका खेल्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ