arrow

हिमाल आरोही गुरुङ सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
tejan-gurung-samman.jpg

पोखरा । पोखरा पर्यटन परिषद्ले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गरेका तेजन गुरुङलाई पोखरामा सम्मान गरेको छ ।

पोखरामा आयोजित एक कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले संयुक्त रुपमा उनलाई सम्मान गरेका हुन् ।

सो अवसरमा मेयर आचार्यले गण्डकी प्रदेशले पर्वतीय पर्यटनका धेरै सम्भावना बोकेको बताए । आरोही गुरुङले हिमाल आरोहणमार्फत गरेको कीर्तिमानी पोखरासहित समग्र राष्ट्रकै लागि गौरवको विषय भएको उनले स्पष्ट पारे ।

परिषद्का अध्यक्ष तारानाथ पहारीले पदयात्रा र पर्वतीय पर्यटनको विकासमा जोड दिँदै गण्डकी प्रदेशका हिमालमा आरोहणको क्रम बढाउनुपर्नेमा जोड दिए ।

उनले आरोहणका माध्यमबाट गुरुङले बनाएको कीर्तिमानी प्रशंसायोग्य भएको उल्लेख गरे । साथै गुरुङ आगामी दिनमा पनि महत्वपूर्ण सफलता हासिल गर्ने अध्यक्ष पहारीको विश्वास छ ।

आरोही गुरुङले विभिन्न समयमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालु, कञ्चनजङ्घा, नाङ्गा पर्वत, जि टू, जि वान, बोर्ड पिक, के टू, मनास्लु, धवलागिरि, चोयू र शिसापन्ज्म हिमाल आरोहण गरेका छन् ।

सो अवसरमा परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङ, सचिव नारायण सुवेदीलगायतले गण्डकी प्रदेशमा पर्वतीय पर्यटनका विविध सम्भावनाबारे चर्चा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ