arrow

आदिवासी जनजातिको महाधिवेशन : बराम र भुजेल प्यानल चुनावी मैदानमा

काँग्रेस–एमाले भीडन्त

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
Janjati-Banda-satra-Final.jpeg

चितवन  । नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वका लागि काँग्रेस र एमाले नजिकका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

चितवनको नाायणगढमा भइरहेको नयाँ कार्यसमिति चयनको महाधिवेशनमा अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी परेको छ । काँग्रेस निकट कोषाध्यक्ष जगत बराम र एमाले निकट उपाध्यक्ष सूर्य भुजेलको प्यानल चुनावी मैदानमा छ ।  

महासचिवमा बरामको प्यानलबाट नित्यानन्द ताजपुरिया र भुजेलको प्यानलबाट तासी हेल्मोबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षको आकांक्षी रहेका माओवादी केन्द्र निकट नित्यानन्द सहमतिमा महासचिव दिने भएपछि बरामको प्यानलमा गएका हुन् ।

यस्तै, कोषाध्यक्षमा बराम प्यानलबाट मुकुन्द पहरी र भुजेल प्यानलबाट प्रेमीलाल चौधरी चुनावी मैदानमा छन् । मंगलबार आजै राति साढे ७ बजेपछि मतदान हुने र त्यसको केही बेरमै परिणाम आउने निर्वाचन अधिकारीले जनाएका छन् ।

२१ सदस्यीय कार्यसमितिमा आठ उपाध्यक्ष, १० सचिवको समेत निर्वाचन हुने बताइएको छ । जनजातीमा सूचीकृत पछिल्लो विवरण अनुसार जातीय आधारमा ५६ जना मतदाता रहेका अध्यक्षका प्रत्यासी जगत बरामले जानकारी दिए ।  

ताजपुरिया बरामबीच गठबन्धन भएकाले बराम अध्यक्ष बन्ने लगभग पक्का पक्की जस्तै भएको बताइँदैछ । पार्टीको शीर्ष तहबाटै दबाब आएपछि ढिलोगरी भएको बन्द सत्रमा सोमबार महासचिव पेम्बा भोटे र कोषाध्यक्ष जगत बरामको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ