ताजिकिस्तानविरुद्ध खेल्न एन्फाले नियुक्त गर्यो अन्तरिम प्रशिक्षक
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
623
Shares
काठमाडौँ । नविन न्यौपाने नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।
न्यौपानेलाई एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।
त्यस्तै चेतन घिमिरे असिस्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् भने नविन महर्जन गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।
प्रशिक्षण टिमका तिनै जनालाई अन्तरिम रुपमा जिम्मेवारी दिइएको र उनीहरुले नेपाली राष्ट्रिय टिमको नोभेम्बरमा हुने ताजकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टिमको प्रशिक्षणको भूमिका निभाउने छन् ।