arrow

भुटान महिला साफको ‘सरप्राइज’ टोली बन्दै, श्रीलंकालाई हराएर सेमिफाइनल नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
saff-women-2024-bhu-sri.jpg

काठमाडौँ । भुटानले काठमाडौँमा जारी सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप फुटबलमा ‘सरप्राइज’ नतिजा निकाल्दै आएको छ । पहिलो खेलमा पाँच पटकको उपविजेता नेपाललाई पहिलो पटक गोलरहित बराबरी खेलेर सरप्राइज टोली बनेको भुटानले दोस्रो खेलमा सोमबार श्रीलंकालाई पराजित गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानले श्रीलंकालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

भुटानका लागि डेकी लहाजोमले २ गोल गरेकी थिइन् भने नामग्याल डेमा र दोर्जी एडोनले एक एक गोल गरेकी थिइन् । त्यस्तै श्रीलंकाका लागि एक गोल थुशानी मदुशिकाले गरेकी थिइन् । 

यो जितपछि भुटानको समूह बी मा ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै श्रीलंकाको २ खेलमा ३ अंक रहेको छ ।

अब भुटानले समूह चरणको अन्तिम खेलमा बिहीबार माल्दिभ्ससँग खेल्ने छ भने श्रीलंकाले सोही दिन नेपालको सामना गर्ने छ ।

यो समूहको दोस्रो खेलमा केही बेरमै नेपालले माल्दिभ्ससँग खेल्दैछ । सेमिफाइनल प्रवेशका लागि कमजोर आँकिएको माल्दिभ्सलाई नेपालले हराउनै पर्ने हुन्छ । 

पहिलो खेलमा माल्दिभ्स श्रीलंकासँग पराजित भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ