arrow

बुद्धि कमजोर भएर एमालेबाट बाहिर बसेँ- वामदेव [भिडियो]

सहकारीको रकम भ्रष्टाचार गर्नेहरूलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
bamdev-07-05.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा(एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन् । सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरे । उनले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताए । 

उनले विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफुले आग्रह गरेको भए पनि सरकारले नसुनेका कारण पछिल्लो विपद्मा क्षति भोग्नुपरेको बताए । उनले आफूले अध्ययन गरेर पुनः विपद् आउँदै छ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भए पनि कुरा नसुनिएको बताए । उनले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न आग्रह गरे । 

उनले भने – ‘मैले अध्ययन गरेर भनेको छु । मैले त्यसबेला फेरि अर्को जाँदै छ भनेर भनेको मैले अध्ययन गरेँ बारम्बार । मैले नेपालको भौगर्भिक अवस्थाको सम्बन्धमा चुनौती दिन्छु, मैले अध्ययन गरेको छु । संसारको सबभन्दा कान्छो जमिन, कान्छो पहाड यो भन्दा कान्छो कुनै प्राकृतिक संरचना छैन । थोरै मात्रै भूकम्प गयो भने प्रलय हुन्छ । धेरै ठूलो नोक्सान हुन्छ । यो सबै जानेर बुझेर कमसेकम ७६ वर्षको मान्छे, कम्युनिस्ट आन्दोलनमा समय बिताएको छ, स्कुल, कलेज पढ्न पाइएन । पढिएन । तर बाहिर बसेर नपढीकन यत्रो ठुलो देशव्यापी पार्टी निर्माण गर्न सक्थ्यो ? नेकपा(एमाले) आज पनि मैले निर्माण गरेको ७५ प्रतिशत छ । ७५ प्रतिशत ठाउँमा मैले पार्टी निर्माण गरेको हो । मेरै बुद्धि अलि कमजोर भयो त्यसो भएर बाहिर बसियो । मेरो ज्ञान, अनुभवले मैले बोलिरहेको हुन्छु । म सिद्धान्त भन्दा बाहिर बोल्दिन । मैले राष्ट्रिय सभामा अनुरोध गरे किन त्यहाँ ध्यान दिनु भएन ? पछिल्लो पटक भएको नोक्सानी राष्ट्रिय सभामा एक जना सम्बन्धित व्यक्तिले म राष्ट्रिय सभा सदस्यले भनेको विषय सुन्नुपर्थ्यो कि पर्दैन थियो ? यो हुनसक्छ भनेर विचार गर्नुपर्थ्यो कि पर्दैन थियो ? बोलेर भएन । लेखेर दिए । म भन्न चाहन्छु फेरि भन्नु नपरोस्, नेपाल सबभन्दा पहिले अध्ययन गर्नुस् । मन्त्रीज्यू प्रधानमन्त्रीलाई भन्नुस्, तपाईँकै प्रिय कमरेड अहिले प्रधानमन्त्री हुनुहुन्छ तपाईँले भनेको सुन्नुहुन्छ । मैले भनेको सुन्नुहुन्न ।’

राष्ट्रिय सभा सदस्य गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरूलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताए । उनले सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरूलाई नै बन्द गर्नुपर्ने धारणा राखे । 

उनले भने – ‘नेपाली समाजवादको एउटा रूप हो सहकारी भनेको सहकारीले हामीलाई समाप्त ग¥यो । जहाँसुकै भ्रष्टाचार । सहकारी भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ । कानुन लागु हुनुपर्छ । क–कसले गरेका छन् कोही पनि बाँकी नराखेर अब समाप्त गर्नुपर्छ । सहकारी लागु नै गर्नुहुन्न अब । त्यो बन्द गरिदिनु पर्छ । सहकारीमा दुरुपयोग भइरहेको छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ