arrow

कांग्रेसको संस्थापन इतरका पौडेल बने गण्डकीको वनमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
bhesh-bahadur-poudel-minister-gandaki.jpg

पोखरा । गण्डकीको वन मन्त्रीमा नियुक्त भएका लमजुङका भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै पौडेललाई वनमन्त्रीमा नियुक्त गरेका थिए । उनी नेपाली कांग्रेसभित्र संस्थापन इतर (डा. शेखर कोइराला-गगन थापा) निकटका हुन् ।

योसँगै गण्डकी सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गण्डकीमा सत्ता भागवण्डा मिलाउनैका लागि ७ बाट बढाएर ९ मन्त्रालय बनाइएको थियो । जसमा कांग्रेसबाट मुख्यमन्त्रीबाहेक ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट १ जना मन्त्री बनेका छन् ।

सत्तामा नेकपा एमाले जोडिएपछि भागवण्डा मिलाउनेक्रममा मुख्यमन्त्री पाण्डेले दीपक मनाङेलाई भौतिकबाट वनमा सारिदिएका थिए ।

आफू वनमारा हेर्न नजाने भन्दै मनाङले मन्त्री पदबाटै राजीनामा दिएका थिए । सोही बेलादेखि वनमन्त्रीको पद रिक्त थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ