- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। सातौँ संस्करणको महिला साफ फुटबल च्याम्पियनशिपको दोस्रो खेलमा नेपालले माल्दिभ्ससँग खेलिरहेको छ । जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिएको नेपालले घरेलु दशरथ रगशालाको मैदानमा आक्रामक प्रदर्शन गरिरहेको छ ।
नेपालले पहिलो हाफको खेलमै चार गोल गरिसकेको छ । नेपालले एकतर्फी खेल खेलेको छ ।
रेखा पौडेलले २ गोल गरेकी छिन् । त्यस्तै सविता राना मगर र प्रिती राईले एक एक गोल गरेका छन् ।
पहिलो खेलमा अहिलेसम्म जितमात्रै निकालेको भुटान सामु बराबरी खेल्दै अंक बाँड्न परेपछि नेपाल दबाबमा रहेको थियो । तर नेपालले माल्दिभ्सलाई भने कुनै मौका नै दिएको छैन ।
नेपालले भुटानसँगको प्रदर्शन बिर्सेर आजको खेलमा केन्द्रित भएको हो ।
पाँच पटकको उपविजेता नेपाल उपाधिका लागि तिर्खाइरहेको छ । तर अहिलेसम्म त्यो अवसर आएको छैन ।
यता भुटानले आजको खेलमा श्रीलंकालाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना कायमै राखेको छ ।
समूह बी को खेलमा भुटान ४ अंकसहित शीर्ष स्थानमा छ । श्रीलंका ३ अंकसहित दोस्रो स्थानमा छ । नेपाल १ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ ।
यो खेल जित्दा नेपाल ४ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।
साफमा नेपाल र माल्दिभ्स तीन पटक आमने सामने भएका छन् । नेपालले सबै खेल जितेको छ ।
यता नेपालमा फर्केकी साफ च्याम्पियनशिपमा १९ गोल गरिसकेकी सावित्रा भण्डारी ‘साम्बा’ लाई आज मैदानमा उतार्ने प्रयासमा प्रशिक्षक रहेका छन् ।
फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा बेन्चमा छिन् ।