arrow

अर्जुन लागे दुई सय किलोमिटर तीन दिनमा सक्ने लक्ष्यसहित काठमाडौँ-पोखरा दौड यात्रामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
arjun-godar.jpg

पोखरा । कास्कीका अर्जुन गोदार काठमाडौँ-पोखरा दौड सुरु गरेका छन् । सोमबार काठमाडौँको दशरथ रंगशालाबाट दौड सुरु गरेका उनले एकै दिन ८६ किलोमिटर दौडिएर मझिमटार आइपुगेका थिए । करिब दुई सय किलोमिटरको दौड उनले तीन दिन भित्र पूरा गर्ने लक्ष्य राखेका छन् ।

उनी आज मंगलबार दमौली नजिक आइपुग्नेछन् । मंगलबार बिहानै पुनः दौड सुरु गरेर पोखरा आइपुग्ने उनले बताए । काठमाडौँको दशरथ रङ्गशालाबाट सुरु भएको दौड पोखरा रङ्गशालामा आएर समापन गर्ने गोदारको लक्ष्य छ ।

उनलाई मोटरसाइकल राइडरसहितको एक टोलीले आवश्यक मेडिकलसहितको सुविधासमेत उपलब्ध गराइएको छ । आफ्नो व्यक्तिगत खर्चमा दौड पूरा गर्ने उनको लक्ष्य छ ।

उनी कास्की रूपा गाउँपालिका वडा नं १ फल्याङकोट निवासी हुन् । काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षति भएकोले शान्तिको कामनासहित स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ दौड पूरा गर्ने अठोट गरेको बताए ।

गोदार नेपाली सेनाबाट निवृत हुन् । उनी ११ बर्षदेखि युएईको सार्जा पोर्टमा काम गर्दै अएका छन् । अहिले केही दिनको बिदामा नेपाल आएका उनले दौड पूरा गर्ने अभियामना जुटेका हुन् ।

उनले सातामा कम्तीमा एक सय ५० किलोमिटर दौडिँदै आएका छन् । पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिएका गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रसकन्ट्री पर्वतीय दौडमा समेत सहभागी थिए । आफ्नो एकल दौड भएकोले मेडिकलसहित स्वयंसेवक गरी ६ जना अभियानमा जुटेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ