arrow

रक्षामन्त्रीको सय दिन

नेपाललाई सम्पन्न बनाउनुपर्ने दायित्व हामी सबैको हो- रक्षामन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
rambir-07-06.jpg

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाललाई राष्ट्र र राष्ट्रियता, विकासको हिसाबले सम्पन्न बनाउनुपर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवधिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिलेको संविधान, नियम कानूनका आधारमा मन्त्रालयले काम गरिरहेको र यसलाई अझ सशक्त र थप प्रभावकारी बनाउने गरी अघि बढ्ने बताए । उनले नेपाललाई संसारमा हेर्न लायक बनाउने गरी काम गरिरहेको बताए । उनले राष्ट्र र राष्ट्रियता, विकास निर्माण, शान्ति सुरक्षाका हिसाबले सबल र सक्षम बनाउने दायित्व आफूहरूको भएको बताए । उनले सबलै आफ्नो आफ्नो क्षेत्रमा मुलुकको हितका लागि काम गर्नुपर्ने बताए । 

उनले भने, ‘अहिलेको हाम्रो संविधान, नियम कानूनका आधारमा हाम्रा गतिविधिहरू यो मन्त्रालयअन्तर्गत सबै भइरहेका छन् । यसलाई अझ सशक्त कसरी बनाउने, साँच्चै यो मुलुक संसारमा हेर्न लायक, राष्ट्र र राष्ट्रियता, विकासको हिसाबले, शान्ति सुरक्षाका हिसाबले सबै हिसाबले कसरी सबल र सक्षम हामी बनाउने, बन्ने भन्ने कुरा हामी सबैको दायित्व हो । यसमा सबलै आफ्नो आफ्नो क्षेत्रमा मुलुकको चौथो अङ्गको रूपमा मुलुकको राष्ट्र÷राष्ट्रियताको संरक्षण र संवर्द्धनको लागि सदैव लागि रहनुपर्छ । त्यसका लागि पत्रकार मित्रहरूको ठूलो भूमिका हुन्छ ।’

मन्त्री राईले सबैको एकताले नै मुलुकको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता मजबुत बन्ने बताए । मन्त्रालयले सय दिनमा राज्य सुरक्षा नीति, २०७५ र सोको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको एकीकृत परियोजना र रक्षा मन्त्रालय र नेपाली सेनाले जिम्मेवारी तोकिएको कार्यलाई प्राथमिकतापूर्वक सम्पन्न गरेको जनाएको छ । 

राष्ट्रिय सेवा दलको नयाँ विधेयकको मस्यौदा तर्जुमा गरिएको, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विधेयकको मस्यौदाउपर विभिन्न मन्त्रालयबाट प्राप्त राय÷सुझावलाई सम्बोधन गरी मस्यौदा पुनरावलोकन र परिमार्जन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । नेपाली सेना भर्ना छनौट कार्यविधिको मस्यौदा तयार गरिएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ