arrow

विमानमा बमको बाछिटा काठमाडौँसम्म आइपुग्यो, दिल्लीबाट काठमाडौँ आएको विमानमा बमको सूचना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
Vistara-Airlines.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भिस्तारा एयरको विमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरुले विमानको चेकजाँच गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित विमानमा पुगेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएप मार्फत सो धम्की दिइएको थियो । सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरेका छन् । 

विमानमा बम रहेको–नरहेको अहिलेसम्म स्पष्ट नभएको सुरक्षास्रोतले जानकारी दिएको छ ।

यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट अपरान्ह साढे ४ बजे काठमाडौँ अवतरण भएको थियो ।

अहिले भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सयौँ उडान प्रभावित भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ