arrow

भिनिसियसको ह्याट्रिकमा डर्टमण्डमाथि रियाल मड्रिडको कमब्याक जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
real-madrid-24-10-22.jpg

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत रियाल मड्रिडले बोरुसिया डर्टमण्डलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा रियाल मड्रिडले डर्टमण्डलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा २–० ले पछि परेको रियाल मड्रिडले दोस्रो हाफमा ५ गोल गर्दै शानदार कमब्याक गरेको थियो । रियाल मड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए । 

त्यस्तै एन्टोनियो रुडिगेर र लुकास भाजक्वेजले एक एक गोल गरेका थिए । त्यसैगरी डर्टमण्डका लागि डोनीयल मालेन र जामी बिनोय गिटनले एक एक गोल गरेका थिए ।

यो यस सिजनको च्याम्पियन्स लिगमा रियल म्याड्रिडको दोस्रो जित हो । ३ खेलमा ६ अंक हासिल गरेको रियाल मड्रिड नवौँ स्थानमा रहेको छ । त्यस्तै डर्टमण्डको पनि ३ खेलमा ६ अंक रहेको छ र लिगमा पाँचौँ स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ