arrow

च्याम्पियन्स लिगमा डोनेटस्कविरुद्ध आर्सनल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
arsenal-shaktar-24-10-22.jpg

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आर्सनलले शख्तर डोनेटस्कलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले डोनेटस्कलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा खेलको २९औँ मिनेटमा शख्तर डोनेटस्कका डिमिट्रो रिजनायकले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो आर्सनलको यस सिजनको च्याम्पियन्स लिगमा दोस्रो जित हो । ३ खेलमा ७ अंक हासिल गरेको आर्सनल लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै शख्तर डोनेटस्कको भने ३ खेलमा केवल एक अंक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ