arrow

च्याम्पियन्स लिगः युभेन्टस स्टुटगार्टसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
champions-league-juventus-s.jpg

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस पराजित भएको छ । गएराति सम्पन्न खेलमा युभेन्टस जर्मन क्लब भीएफबी स्टुटगार्टसँग १–० गोल अन्तरले पराजित भएको हो ।

स्टुटगार्टको जितमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा एल बिलाल टोरेले निर्णायक गोल गरेका थिए । खेलको ८४ औँ मिनेटमा डानिलोले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो ।

स्टुटगार्टको यस सिजनमा यो पहिलो जित हो । ३ खेलमा ४ अंक हासिल गरेको स्टुटगार्ट १६ औँ स्थानमा रहेको छ । त्यसैगरी युभेन्टसको भने ३ खेलमा ६ अंक रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ