arrow

च्याम्पियन्स लिगः पीएसजी र पीएसभी बराबरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
champions-league-psg-psv.jpg

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी बराबरीमा रोकिएको छ ।

गएराति सम्पन्न खेलमा पीएसजी डच क्लब पीएसभी आइन्डहोभनसँग १–१ गोलको बराबरीमा रोकिएको हो  ।

पीएसभीले खेलको ३४औँ मिनेटमा नोआ लांगको गोलमा शुरुवाती अग्रता लिएकोमा पीएसजीका लागि असरफ हाकिमीले खेलको ५५औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए  ।

यो पीएसजीको यस सिजनमा पहिलो बराबरी हो  । यो बराबरीपछि पिएसजीको ३ खेलमा ४ अंक भएको छ र लिगमा १७ औँ स्थानमा रहेको छ  ।

त्यसैगरी पीएसभीको भने ३ खेलमा २ अंक छ र लिगमा २७ औँ स्थानमा छ । जारी च्याम्पियन्स लिगमा ३६ टिम रहेका छन् । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ