arrow

च्याम्पियन्स लिगः लापोर्टेको गोलमा अल नासर विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
al-nasar-saudi-24-10-22.jpg

काठमाडौँ । साउदी क्लब अल नासर एएफसी च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा विजयी भएको छ । गएराति सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा खेलको ८१औँ मिनेटमा आइमेरिक लापोर्टेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो यस सिजनको च्याम्पियन्स लिगमा अल नासरको दोस्रो जित हो । 

३ खेलमा ७ अंकसहित अल नासर चौथो स्थानमा रहेको छ । त्यस्तै इस्टेघलालको ३ खेलमा ३ अंक रहेको छ । 

अब अल नासरले च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा यूएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ