arrow

साफ महिला च्याम्पियनशिपमा भारत र बंगलादेश भिड्दै, सेमिफाइनलको टुंगो लाग्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
saff-india-ban-24-10-23w.jpg

काठमाडौँ । काठमाडौँमा जारी सातौँ साफ महिला च्याम्पियनशिप फुटबलमा भारत र बंगलादेश आमने सामने हुँदै छन् । दशरथ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुनेछ ।

समूह ए अन्तर्गतको यो खेल बंगलादेशका लागि महत्वपूर्ण रहेको छ । भारत यस समूहबाट सेमिफाइनलमा पुगिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेपछि सेमिफाइनलमा पुगेको हो । 

त्यस्तै आफ्नो पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको बंगलादेश भारतसँग पराजित भए पनि गोल अन्तर दुई भन्दा बढी नभएसम्म पनि सेमिफाइनलमै पुग्नेछ । 

पाकिस्तान भने बंगलादेश तीन गोलभन्दा बढीको अन्तरले पराजित भएमा मात्र सेमिफाइनलमा पुग्न सक्छ । यो अन्तर भने साविक विजेता बंगलादेशले पाँच पटकको विजेता भारतलाई दिनेमा सम्भावना कम छ । 

तर नेपालले माल्दिभ्समाथि बर्साएको ११–० को गोल अन्तर हेर्ने हो भने असम्भव नदेखिन पनि सक्छ । गत संस्करणको तुलनामा बंगलादेशले खासै चमत्कार गर्न सकेको देखिएको छैन । 

अहिले शून्य गोल अन्तरसहित एक अंक हासिल गरेको बंगलादेश दोस्रो स्थानमा छ भने ३ गोल अन्तरसहित एक अंक हासिल गरेको पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।

बंगलादेश पाकिस्तानसँग १–१ गोलले बराबरीमा रोकिएको थियो । भारतले पाकिस्तानलाई ५–२ ले पराजित गरेको थियो ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ