arrow

भारतमाथि शानदार जितसहित बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा, बिहीबार नेपाल र श्रीलंका खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
saff-championship-bangladesh-2024.jpg

काठमाडौँ । बंगलादेश काठमाडौँमा जारी साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

बंगलादेशले भारत विरुद्धको खेलको पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो ।

बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् । 

यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समूह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र समूह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । योसँगै समूह ए मा रहेको पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ । 

त्यस्तै समूह बीबाट सेमिफाइनलमा पुग्ने दुई देशको टुंगो बिहीबार लाग्नेछ । बिहीबार नेपाल र श्रीलंकाबीच तथा भुटान र माल्दिभ्स खेल्नेछन् । 

२ खेलबाट ४ अंकसहित नेपाल शीर्ष स्थानमा रहेको छ । समान ४ अंकबाटै भुटान दोस्रो स्थानमा रहेको छ भने श्रीलंका ३ अंकसहित तेस्रो तथा माल्दिभ्स अंकविहीन हुँदै पुछारमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ