arrow

साफ महिला च्याम्पियनशिप

नेपालले श्रीलंकासँग खेल्दै, साम्बा मैदानमा उत्रने सम्भावना, यस्तो छ सेमिफाइनल प्रवेशको अंकगणित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
rekha-poudel-nepal-maldives.jpg
तस्बिर – माल्दिभ्सविरुद्ध पाँच गोल गरेकी रेखा पौडेल, फाइल ।

काठमाडौँ । काठमाडौँमा जारी सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज समूह चरणका खेलहरु सम्पन्न हुँदैछन् । आजका दुई खेलबाटै सेमिफाइनलमा पुग्ने दुई टिमको टुंगो लाग्नेछ । आजै सेमिफाइनल समीकरणसमेत बन्दैछ । 

समूह एबाट बंगलादेश समूह विजेता तथा भारत समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका अवस्थामा आज समूह बीका दुई खेलबाट सेमिफाइनलमा पुग्ने टिमको टुंगो लाग्नेछ । 

आज पहिलो खेलमा माल्दिभ्स र भुटान भिड्दै छन् । यो खेल दिउँसो साढे १ बजेदेखि शुरु हुनेछ । दोस्रो खेलमा नेपाल र श्रीलंका खेल्नेछन् । दोस्रो खेल साँझ साढे ५ बजेदेखि शुरु हुनेछ । 

समूह बी मा हाल नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । 

अहिलेसम्म तीनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ । त्यस्तै माल्दिभ्स भने २ खेलमा दुवै खेल हारेर सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिएको छ ।

यसरी समीकरण हेर्दा पहिलो खेलमा भुटान विजयी भयो वा बराबरी गर्यो भने पनि सेमिफाइनलमा पुग्नेछ । यो भुटानका लागि सबैभन्दा ठूलो फड्को हुनेछ । भुटानले नेपालसँग पहिलो पटक बराबरी गरेर चमत्कार गरिसकेको छ । कमजोर माल्दिभ्समाथि पनि भुटान हावी हुने आँकलन गरिएको छ । किनकि भुटानले श्रीलंकालाई हराइसकेको छ । 

यता श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सलाई हराएको भए पनि भुटानसँग पराजित हुँदा भने मनोबल खस्केको छ । त्यस्तै भुटानसँग गोलरहित बराबरी खेलेर हिनतावोध गरेको नेपाली टिमले माल्दिभ्समाथि गोलको वर्षा गर्दै आफूलाई अब्बल सावित गरेको छ । 

माल्दिभ्समाथि ११–० को कीर्तिमानी जितसहित नेपाल फर्ममा उत्रिएको छ । दशरथ रंगशालामा पहिलो पटक नेपाली महिला टिमले यति ठूलो अन्तरको जित हासिल गरेको हो । 

आजको खेलमा गोल मेसिन सावित्रा भण्डारी 'साम्बा' पनि खेल्ने सम्भावना रहेको छ । उनी फ्रेन्च क्लबबाट आवद्ध रहेकामा साफकै लागि भनेर नेपालमा आएकी हुन् । आएकै दिन उनले माल्दिभ्सविरुद्ध नखेले पनि आजको खेलमा भने खेल्ने पक्का जस्तै छ । 

फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा आइतबार राति नेपाल आइपुगेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ